काठमाडौ, आश्विन २५ -
चितवन पदमपुरका किसानले करिब ३ सय बिघामा फलेका केरा नष्ट गरेका छन् ।
व्यापारीहरूले बढी नाफा लिन लगानीसमेत नउठ्ने गरी सस्तोमा किन्न खोजेपछि
उनीहरूले बारीमै पुरेर केरा नष्ट गरेका हुन् ।
'लगानी उठ्ने गरी मूल्य पाएनौं,' विक्रम अधिकारीले भने, 'त्यसैले बरु मल हुन्छ भन्दै करिब ३ सय रोपनीमा लगाइएको केरा बारीमै पुरियो ।' पदमपुरमा करिब ५ सय घर धुरी किसानले ५ वर्षदेखि केरा खेती गर्दै आएका छन् ।
अधिकारीका अनुसार व्यापारीले शत प्रतिशत नाफा नहुने भएकाले केरा नकिनेका हुन् । 'यहाँ व्यापारीका दलाल केरा किन्न आउँथे र शत प्रतिशत नाफा हुने गरी सस्तोमा पाए मात्र किन्थे,' अधिकारीले भने, 'यसपालि त केरा किन्न कोही आएनन् ।' काठमाडौंस्थित कुलेश्वरका व्यापारीहरूले पदमपुरका केरा सानो भएकाले नकिनेको दाबी गरे । 'पदमपुरका केरा सानो भएकाले बिक्दैन,' व्यापारी चन्द्रेश्वर साहले भने, 'किनेर घाटा मात्र हुन्छ ।' अधिकारी पनि खेती गरेको ३/४ वर्षमा केरा सानो हुने बताउँछन् । 'पहिला पदमपुरको जस्तो राम्रो केरा अन्त पाइँदैन भन्दै व्यापारीहरू बासै बसेर केरा किन्थे,' उनी भन्छन्, 'अहिले केरा केही सानो फल्छ । तर सानो केराको मूल्य थोरै राख्दा पनि फाइदा हुन्छ ।'
पदमपुरमा माल्दो जातको केरा फल्छ । अधिकारी पदमपुरमा प्रतिकोसा माल्दो केराको उत्पादन लागत २ रुपैयाँ पर्छ । पदमपुरबाट काठमाडौंसम्म २५ हजार कोसा केरा ढुवानी गर्न बढीमा ८ हजार रुपैयाँ पर्छ । त्यस हिसाबले प्रतिकोसा केरा ढुवानी गर्न ३२ पैसा मात्र लाग्छ । कुलेश्वरमा माल्दो जातको केरा प्रतिसय कोसाको करिब ६ सय रुपैयाँ -प्रति कोसा ६ रुपैयाँ) थोक मूल्य छ । तर चितवनको केरा प्रतिसय कोसाको ३ रुपैयाँमा -प्रतिकोसा) मुस्किलले बिक्ने साहको दाबी छ । 'हरियो केराको मात्र राम्रो मूल्य आउँछ,' उनी भन्छन्, 'पाकेपछि कि ज्यादै घाटा खाएर बेच्नुपर्छ कि फाल्नुपर्छ ।' अधिकारी भने धेरै नाफाका लागि व्यापारीले पदमपुरको केरा नकिनेको बताउँछन् । उनी पदमपुरका केरा दसैं र तिहारजस्ता चाडबाडका बेला मात्र बेच्न सकिने बताउँछन् । 'चाडबाडका बेला केराको भाउ बढ्ने भएकाले सस्तो खोज्नेले मात्र पदमपुरका केरा किन्छन्,' उनी भन्छन् । चितवनबाट गत बिहीबार जम्मा २५ हजार कोसा केरा कुलेश्वरको बजारमा आएको छ ।
Source:http://kantipuronline.com/nep/2069/6/25/full-story/355970.html

No comments:
Post a Comment