Friday, June 15, 2012

All about Fertilizer polity and Nepali Farmers' Helplessness


Fertilizers to be imported from China 
RSS
KATHMANDU, June 11: The Ministry of Agricultural Development has made preparation to import chemical fertilizer from China.

At a press meet organized at the Ministry of Information and Communications on Monday, Co-Spokesperson of the Agriculture Ministry Tanka Luitel said the preparation was underway to import chemical fertilizers from China because the fertilizer brought from India was insufficient and there was no production from the private sector within the country.

Melting mountains

Melting mountains
NAMRATA SHARMA
“We now harvest only one quintal of wheat in the same area where we used to harvest two quintals,” said Hari of ward no 4, Dandaphaya Village Development Committee, Humla district. He continued to add to my limited knowledge of the real impact of global warming and climate change on people living up in the Himalayas, by narrating his personal experiences. He said during his grandfather’s days they used to have snow up to nine feet, during his growing up days they used to have snow up to three to five feet but now, it was less than three feet.

Thursday, June 14, 2012

महजोडीको नमुना कृषि फर्म, आफैं कामदार, आफैं मालिक






महजोडीको नमुना कृषि फर्म, आफैं कामदार, आफैं मालिक

प्रधानमन्त्रीको आँखा गयो- जरामा बिछ्याएका प्लास्टिकका पाइपमा। उनले हातले छुँदै सोधे, 'यो सिँचाइको लागि हो?' इजरायलको कृषि फर्ममा ६ वर्ष काम गरी फर्केका खोजराज कटुवाल, ४१, ले जवाफ दिए, 'यो थोपा सिँचाइको पाइप हो। बिरुवालाई आवश्यक पानी यसबाट दिन्छौं। जराबाट दिने मल र औषधी पनि यसैबाट दिन्छौं।'

नार्कलाई विश्वविद्यालय बनाउन माग

नार्कलाई विश्वविद्यालय बनाउन माग

सुरज कुँवर


काठमाडौं, वैशाख १० - -    दुई वर्षअघि यही मौसममा बाराका १ हजार ५ सय किसानले १४ हजार हेक्टर जमिनमा लगाएको मकैमा गेडा लागेन । त्यहाँको कृषि विकास कार्यालयका अनुसार मकै सप्रेको भए करिब डेढ लाख टन मकै उत्पादन हुने थियो ।
यसपालिको चैतमा पनि बाराको उत्तरी भेगका ८ गाविसका किसानले चार सय हेक्टर जमिनमा लगाएको खेतमा दोस्रोपटक मकैमा दाना लागेन । उनीहरूले भारतीय कम्पनी सिडटेकले उत्पादन गरेको एक्स ९२ र एक्सभी ९२ नामको हाइबि्रड बीउ कात्तिकमा रोपेका थिए ।

मल खरिदमा भारतीय दबाब

गत वर्ष तौलमा ठग्ने कम्पनीबाटै सरकारले फेरि खरिद गर्ने

  • मल खरिदमा भारतीय दबाब

  
  Balaram Baniya
काठमाडौं, अषाढ १ - कृषि विकास मन्त्रालयले संसदीय समिति निर्देशनको अवज्ञा र आफैंले गठन गरेको छानबिन समितिको सिफारिसलाई लत्याउँदै विवादास्पद कम्पनी इन्डिया पोटास लिमिटेड (आईपीएल) मार्फत रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ ।
भारतीय दूताबासको दबाबमा काम चलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा कृषि मन्त्रालयले विवादास्पद कम्पनी मार्फत ३० हजार टन मल खरिद गर्ने निर्णय गरेको हो ।
गत वर्ष यही कम्पनीले मल आपूर्ति गर्दा हरेक बोरामा साढे दुई किलो कम उपलब्ध गराएको थियो । संसदको सार्वजनिक लेखा समिति र मन्त्रालयकै सहसचिव उत्तमकुमार भट्टराईको संयोजकत्वमा गठित छानबिन समितिले यो कम्पनीलाई कारबाही गरी कालोसूचीमा राख्न सिफारिस गरेको थियो । तर सरकारले त्यही कम्पनी मार्फत पुनः ३० हजार टन मल आयात गर्ने निर्णय गरेको हो ।
कृषि मन्त्रालयको कार्यभार प्रधानमन्त्री बाबुराम भट्टराई स्वयंले सम्हाल्दै आएका छन् । उनकै निर्देशनमा कृषिसचिव नाथुप्रसाद चौधरीले आईपीएल मार्फत भारतबाट सोझै खरिद गर्ने निर्णय गरी कृषि समग्री संस्थानलाई पत्राचार गरेका हुन् । तर यसअघि आईपीएलबाट तोकिएकोभन्दा कम परिमाणको मल बुझेकामा कृषि सामग्री संस्थानका तत्कालीन महाप्रबन्धक पशुपति गौतम सहितका जिम्मेवार कर्मचारी कारबाहीमा परेका छन् ।
टेन्डर प्रक्रियाबाट मल खरिद गर्न नभ्याइने परिस्थिति उत्पन्न भएका बेला नेपालले यसअघि भारतीय कम्पनी एमएमटीसी मार्फत भारतबाट सोझै अन्तर्राष्ट्रिय मूल्यमा मल खरिद गर्दै आएको थियो । नेपालमा अभाव भएका बेला भारतबाट १ लाख टनसम्म मल खरिद प्रक्रियाबिना सोझै खरिद गर्न सक्ने समझदारी छ । सोही आधारमा भारतीय दूतावासले दुई/दुई पटक पत्र पठाई ३० हजार टन डीएपी मल आईपीएल मार्फत खरिद गर्न कृषि मन्त्रालयलाई दबाब दिएको थियो ।
दूतावासले पहिलोपटक २ मे २०१२ मा एमएमटीसी मार्फत नभई आईपीएल कम्पनी मार्फत ३० हजार टन डीएपी मल खरिद गर्न परराष्ट्र मन्त्रालयमार्फत कृषिलाई लिखित दबाब दिएको थियो । त्यसको प्रत्युत्तरमा कृषि मन्त्रालयले २ जुन २०१२ मा परराष्ट्र मन्त्रालयमार्फत आईपीएल कारबाहीको प्रक्रियामा रहेकाले एमएमटीसी मार्फत खरिद गर्न दिन आग्रह गरेको थियो ।
तर भारतीय दूतावासले दोस्रो पटक गत सोमबार मात्रै परराष्ट्र मन्त्रालय मार्फत आईपीएलबाट खरिद गरे मात्र मल उपलब्ध गराउने सर्त राख्यो । त्यसपछि कृषि मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री भट्टराईको निर्देशनमा सचिव चौधरीले आईपीएल मार्फत मल खरिद गर्ने निर्णय गरेर कार्यान्वयन गर्न कृषि सामग्री संस्थानलाई अह्राएका हुन् ।
टेन्डर प्रक्रियाबाट मल ल्याउन ५ महिना समय लाग्ने भएकाले संस्थान धान लगायत मुख्य बालीका लागि भारतबाट सोझै आवश्यक मल  खरिद गर्न बाध्य छ । मुख्य खेतीको सिजनमा मल अभाव भइरहेको मौका छोपी भारतीय दूतावासले पनि कारबाहीको प्रक्रियामा आईपीएललाई बचाउन उसै मार्फत मल खरिद गर्नुपर्ने सर्त राखी दबाबमा निर्णय गराएको हो । धान लगायत मुख्य बालीका लागि टेन्डर प्रक्रियाबाट मल खरिद गर्न नभ्याइने भएकाले छोटो प्रक्रियाबाट भारतबाट आयात गर्न कृषि मन्त्रालयले प्रस्ताव गरेपछि दूतावासले आईपीएल मार्फत मात्र मल ल्याउनुपर्ने सर्त राख्न थालेको थियो ।
यता संस्थानले धेरै पहिले आवश्यक रकम समेत पठाई एमएमटीसी मार्फत साढे १२ हजार टन युरिया मल खरिदको प्रक्रिया अघि बढाएको थियो । तर भारतले पठाएको थिएन । भारतले आईपीएल मार्फत मल खरिद गर्न नेपाललाई बाध्य पार्न एमएमटीसीबाट मल नपठाएको जानकारी कृषि मन्त्रालयका अधिकारीले दिए ।
वर्षे धानसहित मुख्य खेतीको मौसमका लागि लागि मात्र १ लाख टन मल चाहिनेमा साढे ५ हजार टन मात्रै मौज्दात रहेको संस्थानका अधिकारीहरूले बताए । भारतबाट सोझै ३० हजार टन मल ल्याए पनि धानसहित मुख्य बालीका लागि मलखादको अभाव कायमै रहने छ । असारदेखि असोजसम्मका लागि मुलुकलाई ७५ हजार टन युरिया, २५ हजार टन डीएपी र मुरेटा पोटास ५ हजार टन आवश्यक पर्छ । डीएपीको आयातले मात्र खेतीको मुख्य मौसमका लागि मलको समस्या समाधान नहुने जानकारी कृषिका अधिकारीले दिए ।
कृषि सामग्री संस्थानसित अनुदानमा मल खरिद गर्न जम्मा ७१ करोड रुपैयाँ मात्र छ । त्यतिले २० हजार टन डीएपी मल मात्र खरिद गर्न पुग्छ । कृषि मन्त्रालयले मल खरिद अनुदानका लागि रकम अभाव भन्दै अर्थमन्त्रालयसित तत्काल १ अर्ब ५० करोड रुपैयाँ उपलब्ध गराउन मागेको धेरै समय भइसकेको छ । तर, अर्थले दिन अस्वीकार गरिरहेको छ ।
Source :http://kantipuronline.com/nep/2069/3/1/full-story/349515.html

बीउ भण्डार निर्माण सुरु

बीउ भण्डार निर्माण सुरु

२३ वैशाख, म्याग्दी । म्याग्दी जिल्लामा तीनवटा अत्याधुनिक उपकरणजडित बीउ भण्डार गृह निर्माण सुरु भएको छ । विश्व बैंकको सहयोगमा कृषि सेवा विभागले ताकम, बाबियाचौर र रत्नेचौरमा बीउ भण्डार गृह बनाउन लागेको हो । १५ महिनामा सम्पन्न हुनेे बीउ भण्डारमा प्रशोधन, चिस्यान, भण्डारण र रोग-कीरा नलाग्ने व्यवस्था मिलाइने छ ।
सुरक्षित भण्डार गृह बनेपछि रोग-कीराले आक्रमण गर्न नसक्ने भएकाले गुणस्तरीय बीउबाट उत्पादकत्व बढाउन सकिने ताकमका कृषक चिन्तामणि सुवेदीले बताउनुभयो ।   स्थानीय कृषि सहकारी संस्थामा आवद्ध कृषकको १५ र सरकारको ८५ प्रतिशत लगानीमा खाद्यन्न र तरकारीको बीउ भण्डार गृह बनाउन लागिएको हो । अन्नपूर्ण कृषि सहकारी संस्था ताकम, मालिका कृषि सहकारी संस्था बाबियाचौर र रत्नेचौर व्यावसायिक बीउ उत्पादन सहकारी संस्थासूग सहकार्य गरेर भण्डार गृह बनाउन लागिएको परामर्शदाता संस्थाकी फिल्ड संयोजक शान्ता आचार्यले जानकारी दिनुभयो ।
प्रारम्भिक सर्वेक्षणअनुसार एउटा बीउ भण्डार निर्माण गर्न रु २० देखि ३० लाखसम्म लगानी हुनेछ । गुणस्तरीय बीउ उत्पादन गरी सुरक्षित भण्डारणमार्फत खाद्य असुरक्षा कम गर्न भण्डार गृह बनाउन लागेको बताइएको छ । पहिलो चरणमा स्थान छनोट र जग्गा खरिद गरेर पूर्वाधार निर्माणका साथै कृषकलाई दक्ष बनाउन प्राविधिक ज्ञान दिन थालिएको छ । कृषकलाई बीउ उत्पादन गर्नेदेखि प्रशोधन र भण्डारण तथा बजारीकरणको ज्ञान दिएर दक्ष बनाउन बेनीमा १५ दिने तालिम सञ्चालन गरिएको फिल्ड संयोजक आचार्यले बताउनुभयो ।
भण्डारगृहको व्यवस्थित र दिगो सञ्चालनका लागि कृषकलाई बीउ उत्पादन, भण्डारण, उपकरणको प्रयोग र बजारीकरणलगायतका विषयमा प्रयोगात्मक र सैद्धान्तिक ज्ञान दिन थालिएको छ । कृषकले भण्डार गृहमा मकै, गहुँ, धानलगायत खाद्यबाली र तरकारीको बीउ उत्पादन गर्न सक्नेछन् । जिल्लामा पहिलोपटक बीउ भण्डार गृह निर्माण हुन लागेको हो । सरकारले यसवर्ष म्याग्दीलगायत देशका २१ जिल्लामा ३८ वटा बीउ भण्डार गृह निर्माण गर्न लागेको कार्यालयले जनाएको छ । रासस

कृषि बजेट दोब्बर पार्न योजना आयोग बाधक

कृषि बजेट दोब्बर पार्न योजना आयोग बाधक


काठमाडौं, वैशाख २२ (नागरिक)- प्रधानमन्त्रीदेखि लिएर अर्थमन्त्रीसम्मले आउँदो आर्थिक वर्षमा कृषि क्षेत्रको बजेट दोब्बर बनाउने घोषणा गरे पनि योजना आयोगले भने १७ प्रतिशतमात्र बढाउने गरी सीमा तोकेको छ।

आउँदो आर्थिक वर्ष २०६९/७० का लागि योजना आयोगले कृषि मन्त्रालयलाई १४ अर्ब ६० करोड रुपैयाँ बजेट सीमा तोकेको छ। यो वर्ष कृषि मन्त्रालयका लागि १२ अर्ब ४३ करोड रुपैयाँ छुट्याइएको थियो।
'उच्च तहबाट यो वर्ष कृषिको बजेट दोब्बर बनाउने सार्वजनिक रुपमै प्रतिबद्धता जाहेर भएपनि त्यस अनुसार योजना आयोगले नदिने संकेत दिएको छ,' कृषि मन्त्रालयका सहसचिव फुलगेन प्रधानले भने।
प्रधानमन्त्री बाबुराम भट्टराईले गत माघ पहिलो साता भएको राष्ट्रिय विकास समस्या समाधान समितिको २५ औं बैठकमा कृषि बजेट अहिलेको भन्दा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले अन्य क्षेत्रको अनुत्पादक बजेट कटौती गरेर भए पनि दोब्बर बनाउनका लागि तयार रहन सरोकार मन्त्रालयलाई निर्देशनसमेत दिएका थिए।
प्रधानमन्त्रीको यो घोषणा र अर्थमन्त्री वर्षमान पुनले विभिन्न कार्यक्रममा कृषिमा सरकारले लगानी बढाउने प्रतिबद्धता गरेविपरीत योजना आयोगले भने १७ प्रतिशतमात्र बजेट थपिने गरी सीमा तोकेर पठाएको छ। आयोगमा प्रधानमन्त्री पदेन अध्यक्ष हुन्छन्।
दुई अंकको आर्थिक वृद्धिदर हाँसिल गर्न कृषिमा लगानी थप्नुपर्ने धारणा राष्ट्र बैंकका अधिकारीहरुले समेत सार्वजनिक गर्दै आएका छन्। व्यवहारमा भने सरकारले कृषि क्षेत्रलाई प्रतिस्पर्धी, व्यावसायिक बनाउन आउँदो वर्षसमेत आकर्षक कार्यक्रम नल्याउने संकेत बजेटको सीमाले दिएको छ।
बजेटको यो सीमाबाट कृषि क्षेत्रमा युवालाई आकर्षित गर्ने, व्यावसायिक बनाउने कार्यक्रमलाई सरकारले विशेष प्राथमिकता साथ राख्ने कार्यक्रम नसकिने कृषि मन्त्रालयले जनाएको छ।
कृषि मन्त्रालयले आउँदो वर्षका लागि नयाँ कार्यक्रमसहित १६ अर्ब सात करोड रुपैयाँको बजेट प्रस्ताव गरेको थियो। प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मको आश्वासनले उत्साहित कृषि मन्त्रालयका अधिकारीहरु अहिले योजना आयोगले १४ अर्ब ६० करोडको बजेट सीमा बनाएर पठाएपछि निरुत्साहित भएका छन्।
आउँदो आर्थिक वर्षका लागि योजना आयोगले चैतमै बजेटको सीमा तोकेर पठाउने गर्छ। त्यही सीमाभित्र रहेर सम्बन्धित मन्त्रालयहरुले कार्यक्रम र खर्चको विवरण बनाएर पठाउनुपर्छ। यही बजेटबाट साधारण र पुँजीगत (विकास) खर्च छुट्याउनुपर्छ।
आउँदो वर्षका लागि कृषि मन्त्रालयलाई योजना आयोगले सीमा तोकेको बजेटमध्ये चार अर्ब रासायनिक मलमा अनुदान निम्ति प्रस्ताव गरिएको छ। यो वर्ष मलका लागि तीन अर्ब अनुदान राखिएको थियो। यसमध्ये रासायनिक मलका लागि २ अर्ब ८३ करोड छुट्याइएको मन्त्रालयका प्रवक्ता हरि दाहालले बताए।
मागअनुसार बजेट नदिए पनि कृषि मन्त्रालयले खर्च गर्ने क्षमता भने ज्यादै कम देखिएको छ। बिहीबार भएको दोस्रो चौमासिक समीक्षा कार्यक्रममा बजेटमध्ये झन्डै ७२ प्रतिशतमात्र खर्च भएको विवरण सार्वजनिक गरिएको थियो।
मन्त्रालयअन्तर्गत पहिलो प्राथमिकताप्राप्त आयोजना ३२ र दोस्रो प्राथमिकता प्राप्त आयोजनामा ९ छन्। दोस्रो चौमासिकको कागजी प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ७१ दशमलव ७६ प्रतिशत छ।
'प्लास्टिक किन्दा अनियमितता'
काठमाडौं, वैशाख २१ (नागरिक) - कृषिमन्त्री एकवाल अहमद शाहले दूध प्याकिङ गर्ने प्लास्टिक किन्दा आर्थिक अनियमितता गरेको हुँदा दुग्ध विकास संस्थान (डिडिसी) का महाप्रबन्धकलाई मन्त्रालयमा हाजिर गराएको स्पष्टीकरण दिएका छन्।
बिहीबार मन्त्रालयका पत्रकार सम्मेलन आयोजना गरेर शाहले डिडिसीका महाप्रबन्धक सियारामप्रसाद सिंहले ४१ टन प्लास्टिक किन्दा आर्थिक अनियमितता गरेको बताए। 'तीन महिनाअघि किन्नुपर्ने प्लास्टिकलाई पछि किनेको र न्यून गुणस्तरको किनेर संस्थानलाई ५० लाख रुपैयाँ घाटा पुर्‍याएको हुँदा छानबिन गर्न मन्त्रालय झिकाइएको हो,' उनले भने।
उनले गत वर्ष नाफामा गएको डिडिसीलाई सिंहले घाटामा पुर्‍याएको दाबीसमेत गरे। सर्वसाधारणले खाने दूधमा सिंहले मिसावट गरेको आरोपसमेत मन्त्री शाहले लगाएका छन्।
'मैले हटाइसकेको छैन, स्पष्टीकरण सोधेर मन्त्रालयमा हाजिर गराएको हुँ, निर्दोष देखिएमा सोही पदमा फर्काइन्छ,' मन्त्री शाहले भने। मन्त्रीले गठन गरेको छानबिन समितिले सिंहले प्लास्टिक खरिदमा अनियमितता गरेको प्रतिवेदन दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहको पक्षमा निर्णय दिएको प्रति निकै आक्रोशित मन्त्री शाहले मन्त्रालय चलाउने जिम्मेवारी आफ्नो भएको दाबीसमेत गरे। 'मेरो मन्त्रालयअन्तर्गतको संस्थानको छानबिन गर्न मैले नपाउने? संस्थान चलाउने मन्त्रालयले हो कि अख्तियारले?' आक्रोशित हुँदै उनले भने।
मल किन्दा कम तौलको ल्याएको विषयमा भइरहेको अनुसन्धान, बीउ बिजन कम्पनीका कार्यकारी निर्देशक ननु झालाई बर्खास्त गरिएको विषयमा समेत उनले स्पष्टीकरण दिएका थिए।
Source : http://nagariknews.com/economy/agriculture/40218-2012-05-03-14-44-13.html

विदेश जान छोडेर गाउँमै कृषिपेसा सुरु

विदेश जान छोडेर गाउँमै कृषिपेसा सुरु

२३ वैशाख, म्याग्दी । घरपरिवार चलाउन दैनिक रोजगारीका लागि विदेश पलायन हुने लर्को चलिरहेको अवस्थामा म्याग्दीको सिङ्गा दुई बास्कुनाका युवा पशुपालन र कृषि पेसातर्फ लागेका छन् । लामो समयसम्म विदेशमा गएर कडा मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी नभएपछि युवाहरू विदेशको जागिर छोडेर स्वदेशमै कृषि र पशुपालन र फलफूल व्यवसायतर्फ आकषिर्त भएका हुन् ।
गाउँमै सडक पुगेपछि बजारीकरणका लागि सहज भएको र माटोको उर्वराशक्तिले समेत साथ दिएपछि बास्कुनाका युवाहरू अहिले यो पेसामा दत्तचित्त भएका छन् ।  पाँच वर्षअघि विदेशबाट फर्किएर कुखुरा र्फम सञ्चालन गरेका स्थानीय युवा तिलक गुरुङ कडा परिश्रम गरेमा घरखर्च चलाउनका लागि विदेश जान नपर्ने बताउनुहुन्छ । अहिले बास्कुनाका मात्रै एक दर्जनभन्दा धेरै युवा विदेश जान छोडेर पशुपालन र कृषि पेसामा समर्पित भएका छन् । सात वर्ष साउदी अरब र एकवर्ष थाइल्यान्डमा बसेको अनुभव सुनाउँदै युवा व्यवसायी तिलक गुरुङ भन्नुहुन्छ-’विदेशमा मेहनतअनुसारको आम्दानी नभएपछि २०६४ सालदेखि घरमै केञ्जन पोल्टीर्फम खोलेर कुखुराको अण्डा व्यवसाय थालेको हुँ ।’
पोल्टीर्फम खोल्न सुरुमा रु २४ लाख लागेको बताउँदै गुरुङ थप्नुहुन्छ-’मासिकरूपमा करिब रु तीन लाख बराबरको कारोबार हुने भए पनि चल्लाका लागि दाना, बजारीकरणको व्यवस्थापन, घरखर्चलगायतको खर्च कटाउँदा  एकलाख बराबरको बचत हुने गरेको छ ।’ लेस प्रजातिका दुई हजार कुखुरा पालेको उहाँको भनाइ छ । स्थानीय बोइलर कुखुरापालक किसान भीम गुरुङ भने जिल्लाका विभिन्न बैंक तथा वित्तीय सङ्घ/संस्थाले किसानलाई सस्तो ब्याजदरमा सहज तरिकाले ऋण प्रवाह नगर्दा लगानीमा समस्या परेको अनुभव सुनाउनुहुन्छ । रासस

राष्ट्रिय कृषि नीतिको तर्जुमा गर्न सरकारसंग माग

राष्ट्रिय कृषि नीतिको तर्जुमा गर्न सरकारसंग माग

२४ वैशाख , काठमाण्डौ । नेपाल कृषि अनुसन्धान परिषद्ले हालसम्म विभिन्न ४५ बालीका २ सय ३३ उन्नत बीउबिजन कृषकमाझ सिफारिस गरिसकेको जनाएको छ । परिषदको २१ औँ वाषिर्कोत्सवका अवसरमा आइतवार राजधानीमा आयोजित कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा दिलबहादुर गुरुङ्ले कृषि सम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने वताउनु भयो ।
उहाँले कृषि क्षेत्रका समस्याको निराकरणका उपाय पत्ता लगाउने तथा राष्ट्रिय कृषि नीतिको तर्जुमाको लागि नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने वताउनु भयो ।  परिषद्ले सिँचाइको अभावमा धानबालीमा सुख्खा सहनसक्ने पाँच जातिका धानबीउ सिफारिस गरेको छ । त्यस्तै मकैबालीमा गणेश, मनकामना, शितला, देउती जातलगायत आलु, गहुँ जौका जात सिफारिस गरिएका छन् ।
धानमा ६४ दशमलब ६ प्रतिशत, मकैमा १ सय ५२ दशमलब १ प्रतिशत, गहुँमा २ सय २७ दशमलब १ प्रतिशत, जौमा २८ दशमलब ९ प्रतिशत र आलुमा ४ सय ९६ दशमलब १ प्रतिशतले उत्पादन वृद्धि भएको परिषदले जनाएको छ ।    निर्देशक गुरुङ्ले परिषद्ले धान, मकै र गहुँबालीको अनुसन्धानमा गरेको खर्चको प्रतिफल क्रमशः १ सय ५, ८४ र १ सय ३ प्रतिशत पाइएको बताउनुभयो ।
उहाँले आगामी आर्थिक वर्षका लागि अन्नबाली, फलफूल, पशुपक्षी, मत्स्य व्यवसायलगायतमा करिब ६७५ वटा योजना सञ्चालन गरिने जानकारी दिँदै केन्द्रमा एक अत्याधुनिक केन्द्रीय प्रयोगशालाको आवश्यकता रहेको बताउनुभयो । रासस
http://onlinekhabar.com/2012/05/160402.html