विदेश जान छोडेर गाउँमै कृषिपेसा सुरु
२३ वैशाख, म्याग्दी । घरपरिवार चलाउन
दैनिक रोजगारीका लागि विदेश पलायन हुने लर्को चलिरहेको अवस्थामा म्याग्दीको
सिङ्गा दुई बास्कुनाका युवा पशुपालन र कृषि पेसातर्फ लागेका छन् । लामो
समयसम्म विदेशमा गएर कडा मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी नभएपछि युवाहरू
विदेशको जागिर छोडेर स्वदेशमै कृषि र पशुपालन र फलफूल व्यवसायतर्फ आकषिर्त
भएका हुन् ।
गाउँमै सडक पुगेपछि बजारीकरणका लागि सहज
भएको र माटोको उर्वराशक्तिले समेत साथ दिएपछि बास्कुनाका युवाहरू अहिले यो
पेसामा दत्तचित्त भएका छन् । पाँच वर्षअघि विदेशबाट फर्किएर कुखुरा र्फम
सञ्चालन गरेका स्थानीय युवा तिलक गुरुङ कडा परिश्रम गरेमा घरखर्च चलाउनका
लागि विदेश जान नपर्ने बताउनुहुन्छ । अहिले बास्कुनाका मात्रै एक
दर्जनभन्दा धेरै युवा विदेश जान छोडेर पशुपालन र कृषि पेसामा समर्पित भएका
छन् । सात वर्ष साउदी अरब र एकवर्ष थाइल्यान्डमा बसेको अनुभव सुनाउँदै युवा
व्यवसायी तिलक गुरुङ भन्नुहुन्छ-’विदेशमा मेहनतअनुसारको आम्दानी नभएपछि
२०६४ सालदेखि घरमै केञ्जन पोल्टीर्फम खोलेर कुखुराको अण्डा व्यवसाय थालेको
हुँ ।’
पोल्टीर्फम खोल्न सुरुमा रु २४ लाख लागेको
बताउँदै गुरुङ थप्नुहुन्छ-’मासिकरूपमा करिब रु तीन लाख बराबरको कारोबार
हुने भए पनि चल्लाका लागि दाना, बजारीकरणको व्यवस्थापन, घरखर्चलगायतको खर्च
कटाउँदा एकलाख बराबरको बचत हुने गरेको छ ।’ लेस प्रजातिका दुई हजार
कुखुरा पालेको उहाँको भनाइ छ । स्थानीय बोइलर कुखुरापालक किसान भीम गुरुङ
भने जिल्लाका विभिन्न बैंक तथा वित्तीय सङ्घ/संस्थाले किसानलाई सस्तो
ब्याजदरमा सहज तरिकाले ऋण प्रवाह नगर्दा लगानीमा समस्या परेको अनुभव
सुनाउनुहुन्छ । रासस
No comments:
Post a Comment