नेपालगन्ज, आश्विन ३० -
फौजी कीराले बाँके र बर्दियाका एक दर्जनभन्दा बढी गाविसका किसानको धानबाली
नष्ट गराएको छ । फौजी कीरा (आर्मी वर्म) उज्यालो हुँदा लुक्ने र सूर्यास्त
हुन थालेपछि निस्केर सैनिक शैलीमा एकैसाथ बालीमा पस्छन् । अनि बाला काटेर
नष्ट पार्छन् ।
'साँझसम्म पहेलै देखिने धान बिहान हेर्दा पराल मात्र हुन्छ,' आफ्नो तीन बिघा जमिनको पूरै धान सखाप भएको सुनाउँदै मैनापोखर-३ का किसान कमताप्रसाद थारूले भने, 'भित्र्याउने बेलाको बाली पूरै नष्ट भयो । अब के खाने ?' कीराले खानेभन्दा बढी काट्ने हुँदा खेतैभरि धान खसेको देखिन्छ । कीराको आक्रमणबाट किसानहरूमा हाहाकार मच्चिएको छ । नियन्त्रण गर्ने उपाय नभएकाले चिन्तित किसानहरू कृषि कार्यालयमा हारगुहार माग्न धाइरहेका छन् । 'भएको एक बिघाको खेती केही रहेन,' चिन्तित देखिएकी सीतारानी थारूले भनिन्, 'कृषि कार्यालयबाट कुनै सहयोग पाएनौं ।' फौजी कीराले १५ दिनदेखि बाँके र बर्दियाका दर्जनभन्दा बढी गाविस क्षेत्रको धानबाली काटेर नोक्सान पुर्याएको छ । बाँकेका महादेवपुरी, कचनापुर, परसपुर र इन्द्रपुरमा फौजी कीरा फैलिएको छ । कीराको प्रभाव बर्दियाका मैनापोखरा, कालिका र महमदपुरका खेतमा पाकेको र पाक्न थालेको धान कीराले सखाप पारिरहेका छन् ।
ठूलो संख्यामा देखापरेका फौजी कीराको आक्रमण निकै विनाशकारी सावित भएको छ । 'राति लाइट पासो र एनपीभी भाइरस उत्पादन गरी मार्न सकिन्छ,' कृषि विकास कार्यालय बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमदले भने, 'तर लाइट पासोले पनि कीरा मरेका छैनन् । भाइरस यहाँ पाइँदैन ।'
फौजीको आक्रमण रोक्न माग गर्दै आउने किसानलाई कृषि अधिकारीले त्यसै फर्काउने गरेका छन् ।
'पाकेको धानमा जे पायो त्यही विषादी छर्के मानव स्वास्थ्यमा असर पर्छ,' संरक्षण अधिकृत अहमदले भने, 'विषादी छर्ने सुझाव दिन पनि उपयुक्त ठानेका छैनौं ।' यसअघि २०४५ साल फौजी कीराले बाँके र बर्दियामा धानबाली नष्ट पारेको थियो । २४ वर्षपछि उक्त कीराको पुनः आक्रमण भएको हो ।
फौजी कीरा वातावरणअनुकूल पाउनासाथ सर्वत्र फैलिने र भयावह रूपमा विनाश गर्ने विशेषज्ञले बताए । भयावह रूप नलिँदै नियन्त्रण गर्न नसके काटेर खेतमा राखेको धानमा पनि फौजी आक्रमण हुने देखिएको छ । कतिपय ठाउँको खेतमा काटेर राखेको धानको बालासमेत फौजी कीराले पुनः काटेर क्षति पुर्याएको पाइएको छ ।
'धान नपसाउँदै पनि फौजी कीराले काट्छ । यस पटक पाक्न थालेको धानमा आक्रमण गरेको पाइयो,' मध्यपश्चिम क्षेत्रीय कृषि केन्द्र खजुरास्थित क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका प्रमुख हेमराज पोखरेलले भने, 'यस्तो कीराले पाकेको धान पराल नहुँदासम्म छाड्दैन ।' पोखरेलले आक्रमण नियन्त्रणका लागि यही भाइरस उत्पादन गर्न खोजेको तर नसकिएको बताए । 'विकसित देशमा हेलिकप्टरबाट स्प्रे गर्छन् । त्यो यहाँ सम्भाव छैन,' पोखरेलले भने ।
कतैबाट कुनै उपाय नभएपछि कतिपय गाउँका किसानले कीराको पूजा गर्न धामीझाँक्री बसाल्दै छन् । फौजी कीराले पुर्याउँदै आएको विनाश नियन्त्रण गर्न सरकारी पक्षले अपेक्षित प्रयास नगरेको किसानहरूको गुनासो छ ।
फौजी कीराले पाकिसकेको धानको बाला काटेर नष्ट गरेको देखाउँदै एक किसान । तस्बिर: ठाकुर सिंह/कान्तिपुर
प्रकाशित मिति: २०६९ आश्विन ३० ०८:२९
Source:http://kantipuronline.com/nep/2069/6/30/full-story/356213.html

No comments:
Post a Comment