मनोज अधिकारी, पोखरा, मंसिर १५ - चितवन शारदानगरका तेजबहादुर लामाले एक लाख गड्यौला बेचेर एक लाख रुपैयाँ कमाएका छन्। यस्तै छोटो अवधिमा गड्यौलाको मल बेचेर उनले थप ६ लाख रुपैयाँ आम्दानी गरेका छन्।
दिनदिनै माग बढेपछि उनले गड्यौला बिक्री बन्द गरेर मल मात्र बेच्न थालेका छन्। उनी उत्पादन बढाएर मासिक ५ टन मल बेच्ने तयारीमा जुटेका छन्।
वर्षभरी खेतीपाती गरेर मुस्किलले खान-लाउन पुग्ने अवस्थाका उनी गड्यौलाको मलबाट महिनामै झण्डै एक लाख रुपैयाँ कमाउन सक्ने भएका छन्। उनका दुई छोरा धन कमाउन दुवई गएका छन्। तर अहिले ५५ वर्षे बृद्व लामा विदेश गएका छोराको भन्दा राम्रो कमाई गरिरहेका छन्।

अन्यत्र दुई रुपैयाँ पर्ने गड्यौला लामाले एक रुपैयाँमै बेचेपछि टाढा-टाढाका किसान गड्यौला किन्न उनको घरमै पुग्ने गर्थे। गड्यौला बेचेर साध्य नलागेपछि लामाले मल मात्र बेच्ने निर्णय गरेका हुन्।
'अहिले मल मात्र बेच्न थालेको छु' लामाले नागरिकसँग भने,'मल पनि उत्पादन भन्दा बढी माग आएको छ।'
उनले पछिल्लो ६ महिनामा तीन टन मल बेचेर ६ लाख रुपैयाँ आम्दानी लिएको जानकारी दिए। घरबाटै प्रति केजि २० रुपैयाँमा बिक्री हुन्छ। उनलाई मासिक ५ टन मलको अर्डर आएपछि उत्पादन बढाउन भ्याईनभ्याई छ।
एक सयवटा गड्यौला किनेर यसको पालन सुरु गरेका लामासँग अहिले ५ लाख गड्यौला
छन्। 'सुरुमा गड्यौला मात्र बेच्दा पनि भ्याईनभ्याई भयो' कृषि अन्वेषकका रुपमा सम्मान थाप्न बिहीबार पोखरा आएका लामाले भने,'अहिले मलको पनि माग पुरा गर्नै सकिएको छैन।'
छन्। 'सुरुमा गड्यौला मात्र बेच्दा पनि भ्याईनभ्याई भयो' कृषि अन्वेषकका रुपमा सम्मान थाप्न बिहीबार पोखरा आएका लामाले भने,'अहिले मलको पनि माग पुरा गर्नै सकिएको छैन।'
उनले बेचेका गड्यौला बाँके, बर्दिया, धनगढी, कैलाली, दार्चुलासम्म पुगेका छन्। रामपुर कृषि क्याम्पस नजिकै घर रहेकाले लामाको गड्यौला फार्म त्यहाँका विद्यार्थीको प्रयोगशाला बनेको छ। क्याम्पसले विद्यार्थीलाई लामाकै फार्ममा प्रयोगात्मक अध्यापन गराउँदै आएको छ।
पाँच वर्षअघि घर वरपरका गड्यौला संकलन गरी पालन सुरु गर्दा उनी तीन पटकसम्म असफल भएका थिए। घर वरपर पाइने गड्यौलाले माटो खाएर माटै निकालेपछि उनको प्रयास असफल भएको थियो। टिभीको कृषि कार्यक्रमबाट गड्यौला खेती गर्न हौसिएका उनले कृषि प्राविधिक केदार बुढाथोकीको किताब पढेपछि मल बनाउने छुट्टै गड्यौलाबारे थाहा पाएका थिए।
चितवनकै एक किसानबाट दुई रुपैयाँका दरले एक सयवटा गड्यौला किनेर व्यवसाय सुरु गरेका उनले एक-एक महिनै गड्यौलाको संख्या तेब्बर बनाउँदै मल उत्पादन थालेका हुन्।
विदेश गएका दुवै छोरालाई घरमै बोलाएर यही काममा लगाउने उनको सोच छ।
लामाले एक टन मल बेच्दा खर्च कटाएर १५ देखि २० हजार रुपैयाँ बचत हुने बताए। उनले मागअनुसार मासिक ५ टन मल बेच्न सके करिब एक लाख रुपैयाँ घरमै बसेर कमाउन सकिने सुनाए।
लामाले एक टन मल बेच्दा खर्च कटाएर १५ देखि २० हजार रुपैयाँ बचत हुने बताए। उनले मागअनुसार मासिक ५ टन मल बेच्न सके करिब एक लाख रुपैयाँ घरमै बसेर कमाउन सकिने सुनाए।
'घर वरिपरि खेर जाने वस्तु गड्यौलालाई खुवाएर गुणस्तरिय कम्पोष्ट मल बन्छ' उनले भने,'यसले घरआँगनको वातावरण सफा राख्छ।'
सामान्यतः एक महिनामा तयार हुने यस्तो मल लामाले थप जिवाणु प्रयोग गरी १८-२० दिनमै तयार गरी नयाँ अन्वेषण गरेको कृषि विज्ञहरुले बताए। गड्यौला मलको प्रयोगले बालीनालीमा रोग नलाग्ने र विषाधी पनि हाल्नु नपर्ने कृषि वैज्ञानिक रामबहादुर केसीले बताए। यस्तो मल प्रयोगबाट उत्पादित खाद्यवस्तु स्वादिलो हुने समेत उनको दावी छ।
लामालाई बिहीबार पोखरामा कृषि अन्वेषकका रुपमा सम्मान गरिएको छ। जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि-वर्ड) ले उनलाई पोखरामै बेलाएर १० हजार नगदसहित सम्मान गरेको हो। घर वरिपरिका जैविक वस्तुको प्रयोग गरी सस्तो रुपमा गड्यौला मल तयार गरेकाले उनलाई सम्मान गरिएको लि-वर्डका कार्यकारी निर्देशक श्रीराम न्यौपानेले बताए।

लि-वर्डले उनीसँगै सिन्धुपाल्चोक कर्थलीस्थित महिला हित कोष समूहलाई पनि बचत र लगानी अन्वेषण गरे वापत सम्मान गरेको छ। उक्त समूहले २०४९ देखि गरिब र विपन्न समुदायका महिलाबाट ५ देखि १० रुपैयाँ संकलन गरी बिना धितो १५ प्रतिशत ब्याजमा लगानी अन्वेषण गरेको छ।
No comments:
Post a Comment