नागढुंगा नाका हुँदै तरकारी बोकिएका दर्जनौं ट्रक दिनहुँ राजधानी पस्नु
नौलो होइन। नौलो खबर- गोलभेडा भरिएका सैयौं क्रेट बोकेर नियमित ५ देखि ७
वटा ट्रक नागढुंगाबाट बाहिरिन्छन्।
असार पहिलो सातादेखि दैनिक ३ हजार क्रेट गोलभेडा काठमाडौंबाट तराई र
राजधानी बाहिरका पहाडी जिल्लामा जान थालेको हो। एक क्रेटमा २३ किलो हुन्छ।
'गोलभेँडामा अब काठमाडौं आत्मनिर्भर भएको उदाहरण हो यो,' गोलभेँडा वैज्ञानिक केदार बुढाथोकीले भने। उनले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा छँदा विकास गरेको 'सिर्जना' र त्यसपछिको 'सम्झना' जातको गोलभेडाले किसानको आर्थिक अवस्थामै आमूल परिवर्तन गराएको बताए।
काठमाडौं, लतिपुर र भक्तपुरका काँठ क्षेत्रका जग्गा भाडामा लिएर राजधानी बाहिरबाट आएका युवाहरुले गोलभेँडा खेती गरिरहेका छन्। काठ क्षेत्रबाट दैनिक ६ हजार क्रेट (१ लाख २३ हजार किलो) सम्म गोलभेँडा उत्पादन भए पनि आधा काठमाडौं र आधा पोखरा, नारायणगढ, बुटवल र वीरगन्जसम्म पुग्न थालेको छ।
हिउँदमा नेपालकै तराई क्षेत्र र भारतका विभिन्न सहरबाट काठमाडौंमा गोलभेँडा भित्रिन्छ। वर्षामा भने खेतमा पानी जम्ने हुँदा तराई र भारतमा गोलभेँडा उत्पादन राम्रो हुँदैन। पानी जम्ने ठाउँमा गोलभेडा राम्रो नफल्ने बुढाथोकीले बताए।
सिर्जना र सम्झना जातका गोलभेडालाई किसानले टनेल बनाएर रोप्दा एउटै बोटबाट १० देखि १२ किलोसम्म फल्छ। अहिलेको मूल्य अनुसार एउटै बोटबाट ५ सय रुपैयाँको गोलभेडा फल्छ।
प्लास्टिक टनेलमा गोलभेडा खेती गर्ने किसानले 'उन्नत प्रविधि तरकारी उत्पादन कृषक समूह' गठन गरेर त्यसैमार्फत बिक्री वितरण गर्दै आएका छन्। यो समूहले कालीमाटी तरकारी बजारमा छुट्टै स्टल लिएर किसानसँग गोलभेडा किनेर थोक व्यापारीलाई बेच्दै आएको छ।
'पोहोर यो समयमा हामीले किलोको ८ रुपैयाँभन्दा पाएका थिएनौं,' समूहका कोषाध्यक्ष मीनबहादुर तामाङले भने, 'यसपाला ५० देखि ५५ रुपैयाँ पाएका छौं।' तरकारी किन्ने उपभोक्ता र किसान मारमा पर्दै आएकोमा अहिले समूहमार्फत किसानलाई समेत उचित मूल्य दिलाइएको र उपभोक्तालाई समेत मारमा नपर्नेगरी मूल्य कायम गरिएको उनले बताए।
२०६७ र २०६८ सालको बर्षायाममा काठमाडौंमा गोलभँेडा भारतमा पनि निर्यात भएको थियो। यस पटक भने नेपालकै बजारमा गोलभेँडाले राम्रो भाउ पाएकाले भारतमा निर्यात गर्नेतिर किसान र व्यापारीले ध्यान दिएका छैनन्।
राजधानी र वरिपरिका जिल्लाहरुमा टनेलमा गोलभेँडा खेती अभियान सुरु गर्ने बुढाथोकी हुन्। अनुसन्धानका क्रममा एउटै बोटमा २२ किलोसम्म फल्ने सिर्जना जातको गोलभेँडाले गर्दा काठमाडौंबाहिरका किसान समेत यहाँ आएर भाडामा जग्गा लिँदै टनेल बनाएर खेतीमा संलग्न छन्।
रोजगारीका लागि कोरिया पुगेर फर्केकादेखि लिएर विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्णसम्मले गोलभेँडा खेती गरेका छन्। एक रोपनी जग्गामा गोलभेडा खेती गर्दा बार्षिक एकलाख रुपैयाँ नाफा कमाउन सकिने भएपछि युवाहरु आकर्षित भएका हुन्।
एक रोपनीमा खेती गर्दा ९० हजारदेखि एकलाख रुपैयाँ खर्च लाग्छ। त्यसमा फलेको गोलभँेडा बेच्दा आम्दानी भने २ लाख १० हजार रुपैयाँसम्म हुन्छ।
Source: http://nagariknews.com/economy/industries/44034-2012-07-30-04-30-36.html

No comments:
Post a Comment