विज्ञान अधिकारी, काठमाडौं, साउन १५-
'नेपाली कृषि वस्तुमा भन्साररहित प्रवेश दिन बंगलादेश सहमत भएको छ,' नेपाली तर्फका वार्ता टोली संयोजक वाणिज्य सचिव लालमणि जोशीले आइतबार नागरिकसँग भने, 'यो नेपालका लागि सबैभन्दा ठूलो उपलब्धि हो।' भन्साररहित सुविधालगायत सहमतिपत्रमा सोमबार हस्ताक्षर हुनेछ।
बंगलादेशमा तरकारी, फलफुल निकासीको सम्भावना बढी छ। अहिले मुसुरोको दाल र गोलभेडा निकासी राम्रो भएको छ। नेपालबाट दालको अतिरिक्त पिना, अलैंची, गहुँ, तरकारीको बीउविजन लगायत निकासी भइरहेको छ।
तर यो भन्साररहित सुविधा कार्यान्वयन भने केही समयपछि मात्रै आउनेछ। भन्साररहित सुविधा कार्यान्वयन आउनुअघि दुवै देशको सहसचिवस्तरीय समिति गठन गर्ने सहमति भएको छ। यो समितिले सचिवस्तरीय बैठकमा कुन वस्तुलाई भन्सार छुट दिने भन्ने पहिचान गरी सचिवस्तरीय बैठकमा पेस गर्नेछ।
'कुन वस्तुलाई भन्सार रहित प्रवेश दिने भन्ने पहिचान गर्न सहसचिवस्तरीय बैठक बस्नेछ,' वाणिज्य सहसचिव ङइन्द्र उपाध्यायले भने, 'त्यो बैठकले दिएको सुझाव अनुसार सचिवस्तरीय बैठकले कार्यान्वयनमा ल्याउनेछ।'
उनका अनुसार यही विषयलाई टुंगो लगाउन सेप्टेम्बरमा दुई देशवीचको सहसचिवस्तरीय बैठक गर्ने सहमति भइसकेको छ। नेपालले कृषिवस्तुमा भन्साररहित सुविधा दिन बंगलादेशलाई आग्रह गरेको एकदशक भएको थियो। तर बंगलादेशले पनि भन्साररहित सुविधा मागेपछि यो सुविधाको बारेमा कुनै निर्णय हुन सकेको थिएन। नेपाल -भारत वाणिज्य सन्धीका कारणले नेपालले बंगलादेशलाई भन्सारहित सुविधा लगायतका विशेष सुविधा दिन नसक्ने भएकोले समस्या परेको थियो। बंगलादेशले पनि आफ्ना वस्तुलाई भन्सार छुट दिन प्रस्ताव गरेको छ।
'बंगलादेशले पनि आफ्ना वस्तुलाई भन्सार छुट दिन प्रस्ताव गरेको थियो,' उपाध्यायले भने, 'तर हामीले यो विषयमा सहसचिवस्तरीय बैठकबाटै टुंग्याउने सहमति गरेका छौ।' बंगलादेशबाट जुस, माछा, औद्योगिक कच्चा पदार्थ, धागो तथा विद्युतीय उपकरण आयात हुँदै आएको छ। बंगलाबन्ध बन्दरगाहमा भन्सार र बैकिङ सुविधा दिन बंगलादेश सहमत भएको छ।
बंगलाबन्ध बन्दरगाहमा भन्सार सुविधा नहुँदा ३० किलोमिटर टाढा व्यवसायी जानुपर्ने अवस्था छ। यसले सामान छुटाउन ढिलो हुँदा समयमा सामान पुर्याउन सकिएको छैन। यो वाहेक बन्दरगाहमै बैकिङ सुविधा दिन बंगलादेश सहमत भएको छ।
'बैकिङ तथा भन्सार सुविधा हुनेवितिकै यसबाट नेपाली व्यवसायीलाई सजिलो हुनेछ,' उनले भने, ' सामान समयमै बंगलादेश पुर्याउन सकिनेछ।' बंगलादेशले बंगलाबन्ध हुँदै जाने नेपालीलाई अनएराइभल भिसा(बंगलादेशमै पुगेपछि दिइने भिसा) दिने भएको छ। अनएराइभल भिसा भएमा सामान लिएर जाने व्यवसायीलाई सहज हुनेछ। बंगलादेशले केही दिनअघिनै अनएराइभल भिसा दिने निर्णय गरेपनि सर्कुलरका नभएका कारण कार्यान्वयनमा आउन नसकेको बंगलादेशी पक्षले बताएका थिए।
'हाम्रो सरकारले केही दिनअघि बंगलाबन्धबाट(समुद्रमार्ग) हुँदै जाने नेपालीलाई अनराइभल भिसा दिने निर्णय गरेको थियो,' बंगलादेशका अधिकारीले भनेका थिए, 'कार्यान्वयनमा आउन केही कठिनाई भए सर्कुलर गर्न तयार छौ।' बगलाबन्धमा अध्यागमनको कार्यालय राखिइसकेको उनीहरुले बताएका थिए। नेपाललाई अन्तर्राष्ट्रिय व्यापार लागि नेपाललाई दिने भनिएको चटगाउँ -मोङ्ला बन्दरगाह प्रयोगका लागि थप छलफल गरेर सहमति गर्न बंगलादेश सहमत भएको छ। सन् २०१०मा ढाकामा भएको वाणिज्य सचिवस्तरीय बैठकमा यो बन्दरगाह प्रयोग गर्न दिने बारे प्रारम्भिक सहमति भएको थियो। वार्तामा नेपालका तर्फबाट वाणिज्य सचिव जोशीले नेतृत्व गरेका छन् भने बंगलादेशबाट वाणिज्य सचिव मोहम्मद गुलाम हुसेनले नेतृत्व गरेका छन्।
नेपालबाट ३ अर्बभन्दा बढी सामान बंगलादेश निकासी भएको छ भने बंगलादेशबाट एक अर्ब बराबरको सामान नेपाल आयात भएको छ।
Source: http://nagariknews.com/economy/industries/44022-2012-07-29-14-23-27.html
झन्डै एक दसकपछि बंगलादेश नेपाली कृषि
वस्तुलाई भन्साररहित सुविधा दिन सहमत भएको छ। नेपाल-बंगलादेशबीचको
द्विपक्षीय वाणिज्य सचिवस्तरीय वार्तामा बंगलादेश नेपाली कृषि वस्तुलाई
भन्साररहित प्रवेश दिन सहमत भएको हो।

No comments:
Post a Comment